
काठमाडौँ , १० असोज | मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृत भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
निर्वाचनमा नेपाली सेनालाई मतपत्र छपाइको सुरक्षा, ढुवानी, निर्वाचन स्थलको सुरक्षा, विस्फोटक पदार्थ निष्क्रिय गर्ने जिम्मेवारी दिएको छ ।साथै निर्वाचन अवधिभर सेनालाई कारागार सुरक्षा, विशिष्ट तथा अति विशिष्ट व्यक्तिको सुरक्षामा परिचालन गर्ने तयारी भएको छ ।
निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना, ३५ हजार सशस्त्र प्रहरी ,७२ हजार नेपाल प्रहरीका साथै २० हजारको हाराहारीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटाउने तयारी गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे