काठमाडौँ , ६ असोज। स्वास्थ्य सेवा सुधारका माग राखेर १० दिनदेखि धनगढीमा अनशनमा रहेका डा.गोविन्द केसी अस्पताल भर्ना भएका छन्। स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार डा।केसी उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका छन् ।
केसी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि उनलाई काठमाडौं ल्याउन मंगलबार सेनाको स्काई ट्रक गएको थियो ।
तर उनले काठमाडौं नजाने अडान लिएपछि स्काइ ट्रक रित्तै फर्केको थियो ।
डा. केसीको मागको विषयमा सरकारी वार्ता टोली र डा.केसी पक्षको वार्ता टोलीबीच आइतबारदेखि काठमाडौंमा अनौपचारिक तथा अनौपचारिक रुपमा वार्ता भइरहेको छ ।
अनसन जारी राख्दै डा.गोविन्द केसी त्रिवि शिक्षणअस्पताल भर्ना भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे