
काठमाडौँ , १ असोज | महाअभियोग लागेपछि निलम्बित भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत परिसरमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आइतबार बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
महाअभियोगको कारबाही टुंगो नलाग्दै आइतबारदेखि नियमित काममा फर्किन लागेको सूचना पाएपछि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएपछि साँझ जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कछु भन्दै सर्वोच्च अदालतमा खबर दिएका थिए ।
निलम्बन फुकुवा नभएको भन्दै उनलाई सर्वोच्मा रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालत पुग्ने तयारी गरेका छन् ।अहिले सर्वोच्च अदालतको मुख्य गेट अगाडि प्रहरी परिचालन समेत गरिएकाे छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे