
काठमाडौँ, ३१ भाद्र । नेपाली सेनाले आज शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट सेनानी पदका लागि २२९ जनाको दरखास्त आव्हान गरेको हो।
भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ। सेनाले प्रकाशन गरेको सूचना अनुसार असोज ३० गतेसम्म फारम भर्न पाइने छ ।आजदेखि असोज ३० सम्म दरखास्त दिन सकिने विज्ञापनमा जनाइएको छ ।
हेर्नुहोस् विज्ञापन
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे