काठमाडौँ ,२९ भाद्र । पोखरा महानगरपालिकाले नगरपालिका भित्रका अनधिकृत संरचना हटाउन सुरु गरेकाे छ । फुटपाथ पसल, सडकछेउका पार्किङस्थल र सार्वजनिक जग्गा मासेर बनाइएका संरचना हटाउन सुरु गरेकाे छ । गत साता पोखरा महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियान सुरु गरेकाे थियो ।
महानगरपालिकाले ४ र ९ नं वडा कार्यालयले ती क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन सातदिने सूचना निकालेको छ ।वडाध्यक्ष मर्सानीका अनुसार अबदेखि सडक नै ओगट्ने गरी ठूला होर्डिङ बोर्ड र सटर बाहिर सामान राख्न नदिने र सार्वजनिक जग्गै मिचेर बनाइएका ठूला भौतिक संरचना हाम्रो वडामा नभए पनि पछि थपिएका स–साना संरचनाले सहरी व्यवस्थापनमा बाधा पुर्याइरहेको छ ।
नयाँ पुलमा रहेको महानगरको भवनमा बाँकी रहेका सटर खाली गराएर मङ्गलबारदेखि पुनः संरचना भत्काउन सुरु गरिएको र त्यहाँ रहेका भवनलाई भत्काएर उद्यान बनाउने , सार्वजनिक शौचालय बनाउने योजना महानगरले अघि सारेको वडाध्यक्ष मर्सानीले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे