
काठमाडौँ ,२८ भाद्र | नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छ ।देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ५ हजार ५९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ५५४ पुगेको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ५५४ पुगेको छ ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे