• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २७, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?

२२ घण्टा अघि
२

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग

२३ घण्टा अघि
३

कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति

२३ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

१ दिन अघि
५

गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न

१ दिन अघि
६

नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की

१ दिन अघि
७

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी

१ दिन अघि
८

अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु

१ दिन अघि
९

आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन

१ दिन अघि
१०

नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम

१ दिन अघि
११

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नयाँ उपकुलपति, शपथ ग्रहण सम्पन्न

१ दिन अघि
१२

ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ भाद्र २८, मंगलबार (३ साल अघि)

‘म्याउँ–म्याउँ बिरालो’ को सर्जक हुन् सोती, प्रतिलिपि अधिकारका लागि संघर्ष गर्दै

  • 4,129 Views
  • काठमाडौं  ,२८ भाद्र । चाउरिएको अनुहारमा सेतै फुलेको दारी, पिठ्युमा झोला, साधारण पोशाकमा जिल्लाका लगभग सबै साहित्यिक कार्यक्रममा सर्जक दीपक सोती देखिन्छन् । उनी उमेरले ७५ मा हिँड्दै छन् । उनको साहित्यप्रतिको लगाव र हुटहुटी देख्दा लाग्छ उनी २०–३० वर्षकै उमेरमा छन् ।

    मञ्चमा उक्लिएपछि सबै उमेर समूहका दर्शक, स्रोताको मन जित्न सफल उनको मनमा भने विगत ३४ वर्षदेखि एउटै पिरले डेरा जमाएको छ ‘म्याउँ म्याउँ बिरोलो’ आफ्नो भनेर प्रमाणित कसरी गर्ने । विसं २०२८ तिर रत्न रेकर्डिङमा सङ्गीता थापाको स्वरमा सो बालगीत रेकर्ड भएको जनाइएको छ ।

    चार सन्तानका पिता उनले वर्षौँ पहिले आफ्नो जेठो सन्तान गुमाए, अनि अहिले आएर उहाँलाई आफैँले लेखेको म्याउँम्याउँ बिरालोलाई पनि आफ्नो जीवनकालमा आफ्नो नाम दिन पाउँदिन कि भन्ने पिरलोले दिन–दिनै सताएको छ ।

    विगतलाई उनले यसरी सम्झिए, “विसं २०२५ असारको महिना थियो, बा–आमा खेतमा जानुभएको थियो, घरमा भाइलाई हेर्दै बसेका बेला बिरालो आएर कराइको दूध खाँदै थियो, त्यहीँ देखेपछि गीत लेखेको हुँ । ”

    विसं २०२८ ताका लमजुङबाट पाँच दिन पैदलयात्रा गरेर काठमाडौँ गएको बेला पशुपतिमा प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामदास वैष्णवसँग भेट भएको र उनै श्यामदाससँग डिल्लीबजारसम्म पुगेपछि चिया पिउँदै गर्दा म्याउँम्याउँ बिरालो देखाएपछि रेकर्ड गर्ने सल्लाह उनबाट पाएको सर्जक सोती सम्झन्छन् ।

    उनले श्यामदासबाट सल्लाहमात्रै पाइनन्, उस्ताद भैरवबहादुर थापासँग भेट गराइदिए । भेटपछि भैरवबहादुरकै सङ्गीत र उनै भैरवबहादुरकी १० वर्षीया सानी छोरी सङ्गीता थापाको स्वरमा रत्न रेकर्डिङमा गीत रेकर्ड भएको सोतीलाई सम्झना छ । रत्न रेकर्डिङको प्लेट नं ८१ मा गीत रेकर्ड भएको र गीत रेकर्डपछि रु ८५ पारिश्रमिकसमेत पाएको सर्जक सोतीले जानकारी दिए ।

    रत्न रेकर्डिङमा रेकर्ड भएपछि म्याउँम्याउँ बिरालो बोलको बालगीत रेडियो नेपालसहित अल इन्डिया रेडियो, श्रीलङ्का र चीनको रेडियोबाट बज्ने नेपाली कार्यक्रममा यो गीत बज्ने गरेको सर्जक सोतीले बताए । गीत रेर्कड भएपछि उनले खासै वास्ता राखेनन्, त्यतिबेला त्यो गीत रेडियो नेपाल, भारत, चीन र श्रीलङ्काको रेडियोबाट पनि बजेको भने उनलाई सम्झना छ । “सुरु–सुरुमा गीतको चासो त्यति राखिनँ तर विगत ३४–३५ वर्षदेखि गीतको खोजी गरेको छु, तर अत्तोपत्तो छैन”, उनले भने । “पछि त यही गीत मेरो नाम नराखी पाठयपुस्तकमा पनि छापिएर आएछ”, थाहा पाउँदा दुःख लाग्यो”, उनले भने ।

    गीत पाठयपुस्तकमा बिना नाम छापिएर आएपछि कवि सोतीले तत्कालीन शिक्षा सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पाठयपुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गरेका थिए। विसं २०४६ को जनआन्दोलनका समय भएकाले पुस्तकमा समेत नाम आउन नसकेको उनको दुःखेसो थियो ।

    आन्दोलनपछि विसं २०५०÷५१ ताका आफ्नो नाम नराखी पाठयपुस्तकमा छापेको एकता प्रकाशन पुगेर आफूले आपत्ति जनाएको उनले बताए । यसपछि नाम राखिदिने आश्वासन समेत उनले पाएका थिए । पारिश्रमिकस्वरुप रु दुई हजार प्रकाशनले दिएको उनले बताए । “नाम त हालेनन् हालेनन्, झन् सम्पादन गर्दा एक जना वस्ती थर भएकाले गीत नै बिगारी दिएछन्”, उनले दुःखेसो पोख्दै भने, “अहिले त झन् युट्युबमा आएको छ, हेर्न त धेरैले हेरेका रहेछन्, तर मेरो नाम नै छैन, त्यही माथि गीत पनि बिगारेका रहेछन्”, उनले भने ।

    आफूसँग भएको गीतको क्यासेट विसं २०४३÷४४ ताका पोखरामा डेरा सर्ने क्रममा फुटेपछि गीतलाई आफ्नो नाम दिन काठमाडौँमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यालयमा बर्सेनि धाइरहेको उनले सुनाए । उनलाई आफ्नो जीवनकालमै त्यो गीतको रचनाकारका रूपमा आधिकारिकरूपमा फेरि पनि नाम लेखाउन पाउँदिन कि भन्ने पिरले गिजोल्न भने कत्ति छाडेको छैन ।

    रेडियो नेपालका निर्देशक कार्यक्रम महाशाखा प्रमुख वरिष्ठ साहित्यकार नवराज लम्साल पनि त्यो गीत कवि सोतीकै भएको बताउँछन् । “विसं २०७२ को महाभूकम्पको बेला धेरै पुराना क्यासेट फुटे, सायद सोतीजीको पनि त्यही बेला फुटेको हुनुपर्छ, हामीले सबै पुराना क्यासेटहरूलाई रिकभर गर्दैछौँ, भेट्नासाथ उहाँको सम्पत्ति उहाँलाई हस्तान्तरण गर्छाै”, उनले भने ।

    विसं २०२८ मा गीत रेकर्ड गर्दा आफू स्वयं स्टुडियोमै रहेको जनाउँदै वरिष्ठ सङ्गीतकार दीपकजङ्गम म्याउँ–म्याउँ बिरालो कवि सोतीको रचना भएको बताउँछन् । “गीत रेकर्ड मेरै अगाडि भएको हो, सङ्गीताले गाएकी हुन्, यसको रचनाकार सोतीजी नै हो”, उनले भने, “गीतको रचनाकार सोती नै भए पनि अहिले पुष्टि गर्न प्रमाण जुटाउन परेको छ, इतिहास बिर्सनु हुँदैन, यो गीत उहाँले नै लेख्नुभएको हो ।”

    उमेरले ७५ लागेका सोतीलाई भने उक्त गीतको प्रतिलिपि अधिकार आफ्नो नाममा गराउन मन छ । “उमेरले बूढो भए पनि हिम्मत हारेको छैन, एकपटक फेरि काठमाडौँ जान्छु, आफ्नो सन्तानको माया कसलाई पो हुन्न र”, उनले भने ।

    यस्तो छ गीत

    म्याउँ–म्याउँ बिरालो यतातिर आउ
    मेरो नाना काटी गर्ने मुसा मारी खाउ

    कराइको दूध खाइदेऊ भने
    म त भोकै हुन्छु, नखाइदेउ भन्छु

    बाबा भन्छिन् खाली बुबु चोर्न जाली
    आमा भन्छिन् चोर्ली भाडाहरु फोर्ली

    बुबु चो-यो भने लट्ठीले म हान्छु
    नआइज न यता चोर्नै म्याउ भन्छु

    विसं २००६ मा लमजुङको कुन्छामा जन्मिएका सर्जक सोती अहिले स्थायीरूपमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १२ मा बसोबास गर्छन् । विसं २०२१ मा ‘नरोक मलाई’ कविता लेखेर दोस्रो स्थान हासिल गरेका उनी अनवरतरूपमा साहित्य सिर्जनामा क्रियाशील छन् ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?
    २२ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग
    २३ घण्टा अघि

  • ३

    कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति
    २३ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग
    १ दिन अघि

  • ५

    गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न
    १ दिन अघि

  • ६

    नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की
    १ दिन अघि

  • ७

    अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी
    १ दिन अघि

  • ८

    अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु
    १ दिन अघि

  • ९

    आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन
    १ दिन अघि

  • १०

    नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वर्षाले प्रभावित बनायो धुलिखेल–खावा सडक स्तरोन्नति, रातिको सवारी रोक्ने निर्णय स्थगित

    नेपाल नक्सा
    २

    डिजिटल विस्तारसँगै बदलिँदो विज्ञापन बजारबारे ‘आन’को अन्तरक्रिया, एआईदेखि सामाजिक सञ्जालसम्मका चुनौती र अवसरमा केन्द्रित छलफल

    नेपाल नक्सा
    ३

    राष्ट्र बैंकले सार्वजनिक गर्‍यो २४औँ मौद्रिक नीति (पुर्णपाठ सहित)

    नेपाल नक्सा
    ४

    जनताको काम नगर्ने मेयर र मन्त्रीलाई कारबाही गर्ने लम्सालको चेतावनी

    नेपाल नक्सा
    ५

    ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया कानुनी रूपमा अघि बढाउने सरकारको निर्णय

    नेपाल नक्सा
    ६

    सशस्त्र प्रहरी विद्यालयको आर्थिक अनियमितता प्रकरणमा दुई पक्राउ

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution