२०८० आश्विन १७, बुधबार
धनगढी, ५ बैशाख । धनगढीमा एक डाक्टर मृत फेला पर्नुभएको छ । धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्ना शाह मृत फेला पर्नुभएको हो । उहाँ आफ्नो घरमा मृत भेटिनुभएको हो ।
शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताउनुभयो । उहाँको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे