
काठमाण्डौ। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को सघन निगरानी सूची (ग्रे लिस्ट) बाट नेपाललाई मुक्त गराउने उद्देश्यले तय गरिएको कार्ययोजनाको कार्यान्वयनलाई नेपाल राष्ट्र बैंकले तीव्रता दिएको छ। यसका लागि कार्ययोजनाअनुसार गर्नुपर्ने काम प्रभावकारी रूपमा सम्पन्न गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आफूसँग सम्बन्धित राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न निगरानी, विश्लेषण, अनुसन्धान तथा कारबाही प्रणालीलाई थप सुदृढ बनाइएको छ। यससँगै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने दिशामा समेत आवश्यक संस्थागत क्षमता अभिवृद्धि गरिएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे