२०८१ बैशाख १८, मंगलबार
काठमाडौं, ५ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा दोषी ठहर भएर कैद भुक्तान नगरेका लामालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरेको छ । लामालाई बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
एन्फाको बिबाद बढेपछि अध्यक्ष पंकज बिक्रम नेम्बाङ नजिक दावाको पुरानो मुद्दा सार्वजनिक भएपछि उनी झन्डै ६ महिना यता फरार रहेका थिए । सामाजिक सञ्जालबाट पनि बाहिर रहेका उनी नयाँ बर्षसँगै सामाजिक सञ्जालमा सक्रिय भएका थिए ।
लामा लागुऔषध मुद्दामा ५ बर्ष कैद सजाय पाएका व्यक्ति हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे