२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, १९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गर।ेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटकसम्म फिर्ता पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो ।
संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै उहाँले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाउनुभएको थियो । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी थन्क्याउनुभएको थियो ।
त्यही विधेयक सत्ता गठबन्धन र मन्त्रिपरिषद्को सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले तीन साताअघि राष्ट्रपति पौडेललाई भेटेर पहिलेकै विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए । विधेयकका मुख्य विषय ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भन्ने उल्लेख छ ।
यस्तो छ प्रमाणिकरण भएको नागरिकता विधेयकको पुर्णपाठ :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे