
काठमाडौँ, २ माघ । यती एयरलाइन्सले विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ ।
एयरलाइन्सले आज एक श्रद्धाञ्जली जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन(एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो ।
यतीले अकाल्पनिक दुर्घटनामा परी दिवंगत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
दुःखद घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे