२०८० आश्विन १७, बुधबार
तनहुँको दमौली चोकमा आगलागी भएको छ । स्थानीय भुपाल हार्डवेयरको गोदाममा आइतबार बिहान करिब १० बजे आगलागी भएको हो ।के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
बिजुली सट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।अहिले दमकलले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
गृह मन्त्रालयले आगो निभाउनका लागि सिम्रिक एयरसँग सहयोग मागेको छ । सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे