• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २६, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?

३ घण्टा अघि
२

कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग

३ घण्टा अघि
३

कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति

३ घण्टा अघि
४

कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग

५ घण्टा अघि
५

गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न

६ घण्टा अघि
६

नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की

७ घण्टा अघि
७

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी

७ घण्टा अघि
८

अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु

७ घण्टा अघि
९

आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन

८ घण्टा अघि
१०

नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम

८ घण्टा अघि
११

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो नयाँ उपकुलपति, शपथ ग्रहण सम्पन्न

९ घण्टा अघि
१२

ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१२ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७९ मंसिर १, बिहिबार (३ साल अघि)

पाल्पाली मतदाता भन्छन्, ‘हाम्रालाई होइन राम्रालाई मत दिन्छौँ’

  • 3,931 Views
  • पाल्पा,  मङ्सिर १ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन् । मतदाता भने परिवर्तनको पक्षमा छन् ।

    विकास र समृद्धिको आशामा लगातार मतदान गरिरहेका मतदाता अहिले भने सक्षम र योग्य उम्मेदवार पहिचान गरी मतदान गर्ने बताउँछन् । रामपुर नगरपालिका–१०  धन्सारका ६४ वर्षीय ज्योतिलाल भण्डारी लगातार निर्वाचन जितेर सत्तामा पुगेका नेतृत्व गाउँ नफर्कदा विकासले बामे सर्न नसकेको बताउनुहुन्छ । पूर्वी पाल्पामा करिब् तीन दशकसम्म एउटै राजनैतिक दलले नेतृत्व गर्ने अवसर मतदाताले दिए पनि जनमतको कदर नगरेको उहाँले गुनासो पोख्नुभयो ।

    उहाँ भन्नुहुन्छ, “जनताले विकास चाहने तर परिवर्तन हुन नखोज्ने, राजनीतिक दलको छायाँमा बसेर मत खसाल्ने गरेकाले नेतृत्वले मतको कदर र सम्मान नगरेका हुन्, गाउँठाउँको विकासको लागि हाम्रा व्यक्ति नभनौँ, राम्रा उम्मेदवार रोजौँ, निर्वाचनमा मतदान गरौँ ।” सामान्य आधारभूत आवश्यकता गाउँमा परिपूर्ति गर्न नसक्ने नेतृत्व चुनेर संसदमाम पठाउँदाको उपलब्धि जनताले नपाएको ज्योतिलाल बताउनुहुन्छ । संसदमा प्रतिनिधित्व गर्ने यस क्षेत्रका नेतृत्वले जनता र गाउँको समस्या समाधानमा ध्यान नदिँदा मतदाता विगतका नेतृत्वको कार्यशैलीप्रति सन्तुष्टि नरहेको उहाँले बताउनुभयो ।

    निस्दी गाउँपालिका–६ धोबलाका ४९ वर्षीय उजिरसिं रानाले हाम्रो भनेर मतदान गर्दा गाउँ बन्न नसकेको बताउनुभयो । अबको निर्वाचनमा गाउँका समस्या समाधान गर्ने, विकासप्रेमी, चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने उम्मेदवारलाई मतदान गर्ने उहाँ बताउनुहुन्छ ।“हाम्रा व्यक्ति भनेर मतदान गर्दा हामी जनताले विकासको अनुभूति गर्न पाइएन”, उहाँले भन्नुभयो, “गाउँमा राम्रोसँग बाह्रे महिना गाडी गुड्ने बाटो सुधार हुन सकेको छैन, लिटिफ्ङ खानेपानी योजना अधुरै छ, हामी जनता परिवर्तन हुन नसक्दा विकासले फड्को मार्न सकेन ।”

    गाउँका सडक पक्की, उत्पादित कृषिउपज बजारसम्म पु¥याउने व्यवस्था, गाउँमै शिक्षा, स्वास्थ्यको राम्रो सुविधा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने रानाले बताउनुभयो । दलको प्रभावमा परेर मतदान गरेका ग्रामीण भेगका मतदाता वुद्धि विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने बताउँछन् । लगातार हाम्रा व्यक्ति भनेर निर्वाचनमा मतदान गर्दा जनताको समस्याको सम्बोधन नभएकाले यस पटक अघिल्ला वर्षको निर्वाचनको तुलनामा मतदाता चनाखो बनेका छन् ।

    अर्काको दबाब र प्रलोभनमा मतदान गर्दा गाउँ बत्तीमुनिको अध्याँरोजस्तै भएको रामपुर नगरपालिका–१० जफदी बस्ने ७० वर्षीय नारायणप्रसाद भण्डारी गुनासो गर्नुहुन्छ । उहाँले विकास हुने आशैमा विगतका निर्वाचनमा मतदान गर्नुभयो । “जबसम्म हामी जनताले योग्य, सक्षम व्यक्ति पहिचान गरेर मतदान गर्दैनाँै तबसम्म विकासको आशा पलाउँदैन, यस पटक उम्मेदवारका योजना हेरी हाम्रा व्यक्ति नभनिकन कसैको प्रलोभनमा नपरी राम्रा व्यक्तिलाई मतदान गर्नेछौँ”, उहाँले भन्नुभयो ।

    यसभन्दा अघिका उम्मेदवारले जनताको मत जितेर सत्तामा पुगे पनि हामी जनताको मन जितेर काम गर्न नसकेको उहाँको दुःखेसो छ । राजनीतिसँगै शिक्षाको विकास हुनुपर्ने र विदेशिएका युवालाई गाउँमै स्वरोजगार सिर्जना गर्ने खालका योजना ल्याउने उम्मेदवार पहिचान गरेर मतदान खसाल्ने उहाँको भनाइ छ ।

    गाउँका समस्या लिएर संसद्मा बोल्ने बलियो नेतृत्व नहुदा विकासले सम्भावना बोकेका क्षेत्र सधैं पछाडि परिरहेको छ । अहिले पनि दुईदेखि तीन घण्टाको पैदल हिँडेर खानेपानी बोकेर खानुपर्ने, पानी परेका कच्ची सडक बन्द हुँदा गन्तव्यसम्म  पुग्न समस्या, छोराछोरीलाई उच्च शिक्षा पढाउन सहर बजारमै ऋण खोजेर पठाउनुपर्ने, स्वास्थ्योपचारमा ठूला ठूला शहर बजारकै अस्पतालमै पुग्नुपर्ने समस्याले यहाँका स्थानीय मुक्त हुन सकेका छैनन् ।पूर्वी पाल्पामा नेतृत्व राम्रो नहुँदा यो क्षेत्र जिल्लाकै हकमा सधैँ पछाडि नै पर्दछ । दुई दशक अगाडि खुलेको रामपुर आर्यभञ्ज्याङ सडक स्तरोन्नति हुन नसक्नु, विभिन्न पालिका जोड्ने सडक सुधार नहुनु, राम्रो स्वास्थ्योपचार गर्ने अस्पताल, गुणस्तरीय शैक्षिक संस्थाको अभावमा ग्रामीण बस्तीबाट सहर बजारमा कोठा भाडामा बस्ने बढ्दैछन् ।

    मतदाता शिक्षित बन्दै जाँदा नेतृत्व परिवर्तन गरी विकास ल्याउने उम्मेदवारलाई नेतृत्वमा पुर्याउनुपर्ने आवाज गाउँमा सुनिन्छन् । मतदाता आफैँले कुन उम्मेदवार सक्षम र योग्य छ भनेर वुद्धि विवेक प्रयोग गरेर मतदान गर्ने हो भने पाल्पामा मात्र नभई देशमै विकासको लहर आउनेछ । सक्षम र योग्य उम्मेदवार रोज्ने अधिकार स्वयम् मतदाता आफैँमा छ । अझै पनि यहाँका दुर्गम, विकट र कम शिक्षित व्यक्ति बस्ने गाउँका मतदाताले आफ्नो स्व–विवेकले मतदान गर्न पाउँदैनन् । त्यसकारण पनि उनीहरु सधैँ हरेक समस्यासँगै जीवन बिताउन बाध्य छन् । रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गणेश नेपाली घटनाबारे गृहमन्त्रीको स्पष्टीकरण ,स्थानीय सरकार कसको छ ?
    ३ घण्टा अघि

  • २

    कामना सेवा विकास बैंकद्वारा त्रिपुरेश्वर माध्यमिक विद्यालयलाई पानी ट्याङ्की र वाटर प्युरिफायर सहयोग
    ३ घण्टा अघि

  • ३

    कोशी करिडोर आयोजना सुस्त, १७ वर्षमा ४५ प्रतिशत मात्रै भौतिक प्रगति
    ३ घण्टा अघि

  • ४

    कामना सेवा विकास बैंकद्वारा जन ज्योति माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र पूर्वाधार सहयोग
    ५ घण्टा अघि

  • ५

    गणेश नेपाली आत्मदाह घटनामा प्रधानमन्त्रीको मौनतामाथि कांग्रेसको प्रश्न
    ६ घण्टा अघि

  • ६

    नियमभन्दा मानिसको जीवन ठूलो हो: गणेश कार्की
    ७ घण्टा अघि

  • ७

    अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही गर्ने मन्त्रालयको चेतावनी
    ७ घण्टा अघि

  • ८

    अक्सिजन सिलिन्डर विस्फोट, एक पैदलयात्रीको मृत्यु
    ७ घण्टा अघि

  • ९

    आत्मदाहको प्रयासपछि गम्भीर घाइते गणेश नेपालीको उपचारका क्रममा निधन
    ८ घण्टा अघि

  • १०

    नेपाल–यूएई सम्बन्ध सुदृढ बनाउन चन्द्रागिरिमा स्वागत तथा रात्रिभोज कार्यक्रम
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उच्च शिक्षाका लागि भारत जान चाहने विद्यार्थीलाई लक्षित गर्दै काठमाडौंमा ‘इन्डियन एजुकेसन फेयर’ आयोजना हुँदै

    नेपाल नक्सा
    २

    मेलम्चीको मुहानमा बाढी, काठमाडौँमा आजदेखि खानेपानी आपूर्ति अस्थायी रूपमा बन्द

    नेपाल नक्सा
    ३

    हुलाकमार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड, साउन १ देखि नयाँ सेवा सुरु

    नेपाल नक्सा
    ४

    स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, विश्वकपमा युरोपेली टोलीको दबदबा

    नेपाल नक्सा
    ५

    डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन शून्य, ५१ करोड ८० लाख बजेट खर्चविहीन

    नेपाल नक्सा
    ६

    माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution