२०८० आश्विन १७, बुधबार
काठमाडौं । कार्तिक-हब इन्टरनेशनल एजुकेसनले नेपालबाट वेलायत अध्ययनमा जान चाहाने विद्यार्थीहरुका लागि साप्ताहिक भर्ना कार्यक्रम सञ्चालन गरेको छ । वेलायतका प्रतिष्ठित पाँच विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा उक्त साप्ताहिक भर्ना कार्यक्रम सञ्चालन गरेको हो ।
वेलायत अध्ययनमा जान चाहाने विद्यार्थीलाई विश्वविद्यालयमा अध्ययन गर्न चाहेको विषय छनोट , अध्ययन शुल्क, विश्वविद्यालयले दिने छात्रवृत्ति लगायतका बारेमा प्रत्यक्ष भेटेर बुुझन सहजहोस भनि साप्ताहिक भर्ना कार्यक्रम सञ्चालन गरिएको हबका निर्देशक रामप्रसाद पौडेलले बताए ।
साथै वेलायतको उच्च श्रेणीमा रहेका पाँच विश्वविद्यालयका प्रतिनिधि भेटेर विद्यार्थीले भावि कयिरका लागि निर्णय लिन सहज हुने र यस कार्यक्रमले विद्याार्थीलाई सहयोग पुग्ने पौडेलले बताए ।
विद्यार्थीले नर्सिङ् ,इन्जिनियरिङ् , ट्राभल एण्ड टुरिजम, बिजनेस, आर्टस, डाटा साईन्स् , साईबर सेक्युरिटी, आईटी लगायतका अन्य विषयका बारेमा बुझन पाउने छन् ।
साप्ताहिक भर्ना कार्यक्रम कार्तिक ८ गते देखि १४ गते सम्म बागबजार स्थित हबको आफ्नै भवनमा सञ्चालन हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे