२०८१ श्रावण १२, शनिबार
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा सोमबारको केन्द्रीय समिति बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो ।केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् ।
रेनु दाहाल यसअघि नै केन्द्रीय सदस्य छिन् । यस्तै, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसमेत केन्द्रीय समितिमा समेटिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे