
काठमाडौँ ,२४ कात्तिक | काठमाडौँको नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको भएको हो ।
मृत्यु हुनेमा कास्की पोखराका ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर रहेका छन् ।उनीहरुो दुवैजनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनास्थलबाट ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे