२०८० आश्विन १७, बुधबार
काठमाडौँ, ७ जेठ । नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्धामा आज आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।
सर्वोच्चले र्नै फ्रास्ट ट्रयाकामा मुद्धाको अन्तिम टुङगो लगाउन आदेश दिँदा पनि पटक–पटक तोकिएका पेशी निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाको किनारा लाग्न सकेको छैन ।
आज लामिछाने पक्षका वकिल सरोज घिमिरेले वहस गर्ने पालो छ । पछिल्लो पटक गत १९ वैशाख गते भएको सुनुवाइमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बहस गरेपछि मुद्दालाई हेर्दाहेर्दैमा राख्नु पर्नेमा न्यायाधीशले हेर्न नभ्याईनेमा राखेका थिए ।
लामिछानेमाथि नाबालिका बलात्कार गरेको मुद्धा अदालतमा विचाराधिन छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे