२०८० आश्विन १२, शुक्रबार
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन बिष्ट माछापुच्छ्रे स्कुलको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन्।
ललितपुर सानेपास्थित माछापुच्छ्रेले शनिबार अन्जनलाई २ वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
स्कुलका अध्यक्ष डा बिनोद यादव र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै अन्जनले स्कूलको एकेडेमी तथा खेलकुद बिकासमा सहयोग गर्नेछन् ।
एन्फा एकेडेमी उत्पादन अन्जन राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।
हालै उनी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि झापा एफसीमा मार्की खेलाडी चुनिएका छन् ।
नेपालले १२ औं साग, बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप र थ्री नेसन्स कप जित्दा टोलीमा थिए ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहको उपस्थिति रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे