नेपाल नक्साप्रकाशित मिति: २०७८ माघ २७, बिहिबार (१ साल अघि)
सिनर्जी करियर कन्सल्ट्यान्स् को स्टडी अब्रड सर्भिसेज समुद्घाटन सम्पन्न
५५५ पटक पढिएको
सिनर्जी करियर कन्सल्ट्यान्स् को स्टडी अब्रड सर्भिसेज समुद्घाटन सम्पन्न काठमाडौं। भारत अध्ययनार्थ जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको सिनर्जी करियर कन्सल्ट्यान्स् ले आफ्नो स्थापनाको १३औ बार्षिकोत्सब भब्यताका साथ मनाएको छ। सरस्वती पुजाको पावन अवसर पारेर स्थापना भएको सिनर्जी करियर कन्सल्ट्यान्स् ले सरस्वती पुजाकै शुभ घडीमा बिध्यार्थी र अभिभावकको मागलाई मध्यनजर गर्दै स्टडी अब्रड सर्भिसेजको समेत समुद्घाटन गरेको छ। भारतका चर्चित बिश्वबिद्यालय, कलेज र इन्स्टिच्युटहरूमा पूर्ण तथा आम्शीक छात्रवृत्ति र सेल्फ पेइङमा बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहनु भएका सिनर्जी करियर कन्सल्ट्यान्स् का चेयरम्यान प्रशान्त शाह राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाको केन्द्रीय सचिव समेत रहनु भएको छ ।
त्यस्तै स्टडी अब्रड काउन्सिलिङमा १२ बर्षको अनुभव भएको मोहम्मद अफ्ताब अहमदको उपस्थितले यस सस्था बाट बिध्यार्थीहरूले युयसए, युके, अष्ट्रेलिया, न्युजल्याण्ड, क्यानडा लगायत युरोपियन मुलुकका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युट हरूका बारेमा यस स्टडी अब्रड सर्भिसेजबाट गुणस्तरीय शैक्षिक परामर्श प्रदान गरीने समुद्घाटन कार्यक्रममा जानकारी गराइएको थियो।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले सस्थाको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्नुभएको थियो। कार्यक्रमलाई भब्य सब्य र मर्यादित बनाउन अन्तर्राष्ट्रिय शैक्षिक सस्थाका नेपाल प्रतिनिधि, शैक्षिक परामर्श ब्याबसायी, सुभ चिन्तक पत्रकार लगायतको बाक्लो उपस्थित रहेको थियो।