२०८० मंसिर १७, आईतबार
काठमाडौँ, ३ असार । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय बन्दका कार्यक्रम फिर्ता लिएको छ ।
सरकारले वार्ताका लागि समिति गठन गरेपछि आन्दोलनरत विद्यालय कर्मचारीहरूले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् ।
नेपाल विद्यालय कर्मचारी युनियन, सामुदायिक विद्यालय कर्मचारी संघ र विद्यालय कर्मचारी परिषदले संयुक्त विज्ञप्ति जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर सम्बादको वातावरण बनाउन आग्रह गरेको भन्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको जानकारी दिएको छ ।
सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गरेका थिए ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने र फौजदारी मुद्दा लगाउने चेतावनी दिएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे