२०८० आश्विन १७, बुधबार
काठमाडाैं, ९ चैत । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले वन रक्षक पदमा दरखास्त आह्वान गरेको छ ।
सुदूरपश्चिम प्रदेश, उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट माग भई आएअनुसार आयोगले १६७ पदमा खुला तथा समावेशी कोटामा दरखास्त आह्वान गरेको हो ।
आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी/जनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ ।
योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन् । कक्षा ८ उत्तीर्ण भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे