
काठमाडौँ । काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।
बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरेको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सोही कार्यक्रम आजै संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिनेछ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल ले संसद्मा पेश गर्ने कार्यक्रम तय भएको छ ।
नीति तथा कार्यक्रममा सरकारले आगामी वर्षका मुख्य योजना, प्राथमिकता र विकासका कार्यक्रम समेट्नेछ । यो कार्यक्रम पारित भएपछि सरकारले आगामी बजेट ल्याउने प्रक्रिया अघि बढाउनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे