
काठमाडौँ । सरकारले सरकारी कार्यालय र सार्वजनिक संस्थालाई सफा, व्यवस्थित र वातावरणमैत्री बनाउन वैशाख २८ गतेदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ अभियान सुरु गर्ने भएको छ । यो अभियान संघीय, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयसँगै सार्वजनिक विद्यालय र अन्य संस्थामा पनि सञ्चालन हुनेछ ।
प्रधानमन्त्री वालेन्द्र शाह को सचिवालयका अनुसार अभियानको उद्घाटन सोमबार बिहान वीर अस्पतालमा स्वास्थ्य मन्त्री निशा मेहता ले गर्ने कार्यक्रम छ ।
सरकारले जारी गरेको नयाँ मार्गदर्शनअनुसार सरकारी कार्यालय सफा, सुरक्षित र व्यवस्थित बनाउन विशेष ध्यान दिइनेछ । कार्यालयका सूचना बोर्ड, नागरिक बडापत्र र संकेत चिह्न स्पष्ट राख्नुपर्नेछ भने चर्किएका भित्ताहरू मर्मत र रंगरोगन गरिनेछ ।
शौचालय सफा र दुर्गन्धरहित बनाउन, साबुनसहित हात धुने व्यवस्था गर्न र महिलामैत्री तथा अपांगतामैत्री बनाउन पनि निर्देशन दिइएको छ । कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्नुपर्नेछ भने खुला रूपमा फोहोर जलाउन रोक लगाइएको छ ।
सरकारले प्रत्येक कार्यालयमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्ने, नियमित अनुगमन गर्ने र मासिक मूल्यांकन गर्ने व्यवस्था पनि गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे