२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १७ जेठ । बेलायत विश्वव्यापी मान्यता प्राप्त उत्कृष्ट शिक्षा प्रणाली को कारणले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एक उत्कृष्ट अध्ययन गन्तव्य भएको छ।
बेलायतको विभिन्न डिग्री कार्यक्रम्हरुले विद्यार्थीहरूको व्यक्तिगत रुचि र लक्ष्यहरूसँग मिल्ने पाठ्यक्रम प्रदान गर्छ।
बेलायतले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समावेशी वातावरणका साथ असंख्य अवसरहरू प्रदान गर्दै कम लागतमा उच गुणस्तरिय शिक्षा प्रदान गर्दछ।
बेलायतमा अध्ययन गर्दा हुने अवसरहरुलाई लक्षित गर्दै प्राञ्जल एजुकेशन कन्सल्टेन्सीले जुन २, २०२३ मा बिहान ११ देखि ५ बजे सम्म काठमाडौंको पुतलीसडक चोकमा रहेको कार्यालय परिसरमा युके इन्फर्मेसन डे कार्यक्रम आयोजना गर्दैछ।
उक्त कार्यक्रममा प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड इन्टरनेशनल, डी मोन्टफोर्ट युनिभर्सिटी, बाङ्गोर युनिभर्सिटी, युनिभर्सिटी अफ ग्रिनविच, युनिभर्सिटी अफ ब्राडफोर्ड र डन्डी युनिभर्सिटीका प्रतिनिधिहरू सहभागी हुनेछन् र उहाँहरूले आफ्ना संस्थाहरूद्वारा प्रस्तावित विभिन्न पाठ्यक्रमहरूका साथै विद्यार्थीहरूलाई उपलब्ध छात्रवृत्तिहरूको बारेमा जानकारी प्रदान गर्नुहुनेछ।
विद्यार्थीहरू जसको न्यूनतम CGPA २.० ,शिक्षामा ४-वर्षको ग्याप छ र न्यूनतम IELTS स्कोर छन् उनीहरूले यी सम्मानित विश्वविद्यालयहरूमा थप अध्ययनको लागि आवेदन गर्ने सक्छन्।
युके इन्फर्मेसन डे कार्यक्रममा भाग लिएर, महत्वाकांक्षी विद्यार्थीहरूले बेलायतका उच्च श्रेणीका विश्वविद्यालयहरूका प्रतिनिधिहरूबाट बहुमूल्य मार्गदर्शन र त्यहाँ अध्ययन गर्दा पाउने अवसरहरु बारे महतवपूर्ण जानकारी पाउनेछन्। साथ साथै विद्यार्थीहरुले बेलायतमा उपलब्ध डिग्री कार्यक्रमहरू र छात्रवृत्तिहरूको जानकारी लिदै शैक्षिक यात्राको निर्णय लिन सक्छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे