२०८० आश्विन १२, शुक्रबार
काठमाडौँ, १६ फागुन । भोली मंगलबार परेको महाशिवरात्रीमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनको लागी खाका तयार पारेको छ ।
महाशाखाले कालो पुल,चावहिल,मित्रपार्क, सेतो पुल,गौरी घाटबाट गौशालातर्फ सवारीसाधनमा प्रवेश निषेध गरिएको जनाएको छ।
भक्तजनहरूका लागि सिफल चौर,गुह्येश्वरी पारी,पशुपति क्षेत्र विकास कोषको कार्यालय,भण्डारखाल,तिलगंगा करिडोरमा पार्किङ स्थल तोकिएको छ।
महाशाखाका अनुसार आवश्यकता अनुसार नाकाहरुमा सवारीसाधन डाइभर्सन गर्नुको साथै प्रवेशका समेत रोक लगाउने जनाएको छ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिमा करिब १० लाख दर्शनार्थी आउने अनुमान गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे