२०८० आश्विन १४, आईतबार
काठमाडौं, फागुन ७ । आज फागुन ७ गते, ७२ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।
एकसय ४ वर्षे जहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्रको उदय भएको संझनामा आजका दिन प्रजातन्त्र दिवस मनाउने गरिएको छ । राणा शासनको अन्त्य भएपछि तत्कालिन राजा त्रिभुवनले आजैका दिन देशमा प्रजातन्त्र उदय भएको घोषणा गर्नुभएको थियो । वि.सं. २०४६ तथा ०६२/६३ को आन्दोलनलाई २००७ सालको आन्दोलनपछि प्राप्त उपलब्धीलाई संस्थागत गर्ने अभियानको रुपमा पनि लिइन्छ । प्रजातन्त्र दिवसको अवसरमा आज काठमाडौं लगायत देशका विभिन्न क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
मुलुकमा भएको संविधानसभाको दोस्रो निर्वाचनसँगै गठित संविधानसभाले २०७२ असोज ३ गते गणतान्त्रिक नेपालको नयाँ संविधान समेत जारी गरिसकेको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनकै उपज स्वरुप मुलुक गणतान्त्रिक नेपालसम्म आइपुग्न सफल भएकोले फागुन सातको प्रजातन्त्र दिवस अहिले पनि उत्तिकै सान्दर्भिक रहेको राजनीतिक विश्लेषकहरुको कथन छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे