
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नुअघि विपक्षी दलहरू छलफलमा जुट्ने भएका हुन्।
नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले उक्त बैठक बोलाएका हुन्। आइतबार राति प्रतिनिधि सभा नियमावली पारित भएपछि विपक्षी दलहरूले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीति बनाउन छलफल गर्न लागेका हुन्।
विपक्षी दलहरू संसद्मा आफ्नो धारणा र आगामी कदमबारे एकमत बनाउन बैठकमा छलफल गर्नेछन्। आजको संसद् बैठकअघि हुने यो छलफललाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे