२०८० आश्विन १७, बुधबार
सिन्धुपाल्चोक, ३० फागुन । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन् । दाेस्राे चरणकाे निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि पार्दै जंगले जित हासिल गरेका हुन् ।
कुल १७ सय ८७ मतमा जंगबहादुरले ९१२ मत पाउँदा वंशलालले ८४८ मत प्राप्त पाएकाे निर्वाचन अधिकृत बेदबहादुर महतले जानकारी दिए ।
यसअघि शनिबार भएको निर्वाचनमा सभापतिमा तीन जना उम्मेदवार रहेका थिए । सो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार पुनः मतदान भएकाे थियाे । प्रेमध्वज लामा पहिलाे चरणबाट बाहिरिएका थिए ।
पहिलो चरमा दोस्रो भएका वंशलाललाई प्रेमध्वजले समर्थन गरेका थिए । तर पनि उनले जित हात पार्न सकेनन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे