• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

११ घण्टा अघि
२

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

११ घण्टा अघि
३

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

१४ घण्टा अघि
४

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

१४ घण्टा अघि
५

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

१४ घण्टा अघि
६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१५ घण्टा अघि
७

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

१६ घण्टा अघि
८

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

१६ घण्टा अघि
९

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

१७ घण्टा अघि
१०

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

१७ घण्टा अघि
११

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

१७ घण्टा अघि
१२

मन्त्रिपरिषद बैठक बस्दै

१७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ पौष ३०, बुधबार (४ महिना अघि)

नागरिक लगानी कोषका पदाधिकारी र सम्बद्ध पक्षसम्बन्धी विवरण के छ?

  • 2,951 Views
  • काठमाण्डौ। नागरिक लगानी कोषले कार्यकारी निर्देशक, उच्च व्यवस्थापन तथा सञ्चालक समितिका सदस्यहरूले विभिन्न संस्थामा धारण गरेका पद, सम्बद्ध पक्षको विवरण, सुविधा तथा व्यवस्थापन शुल्कसम्बन्धी तथ्याङ्क सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कोषको नेतृत्व तहमा रहेका पदाधिकारीहरूले विभिन्न वित्तीय तथा कर्पोरेट संस्थामा जिम्मेवारी वहन गरिरहेका छन्।

    कार्यकारी निर्देशक पर्वत कुमार कार्की नागरिक लगानी कोषका कार्यकारी निर्देशक हुनुका साथै नागरिक स्टक डिलर कम्पनी लिमिटेडको सञ्चालक सदस्य रहेका छन्। यसैगरी शोभा श्रेष्ठ सुवेदी नागरिक लगानी कोषकी निर्देशक तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडकी सञ्चालक सदस्य हुन्। हेमन्त पोखरेल नागरिक लगानी कोषका निर्देशक हुनुका साथै माथिल्लो तामाकोशी जलविद्युत् लिमिटेडको सञ्चालक समितिमा आमन्त्रित सदस्यका रूपमा रहेका छन्।

    त्यसैगरी नवराज खड्का नागरिक लगानी कोषका निर्देशक तथा सञ्चालक समिति सचिवको जिम्मेवारीमा छन् भने छविरमण अधिकारी कोषको वित्त व्यवस्थापन विभागका निर्देशक रहेका छन्। कोषले यी पदाधिकारीहरूले संस्थागत हित र नियमनको दायराभित्र रहेर जिम्मेवारी निर्वाह गरिरहेको जनाएको छ।

    उप–शेयरधनीहरूको सम्बद्ध पक्ष विवरणअनुसार राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको ३१.५५ प्रतिशत, नेपाल स्टक एक्सचेन्ज लिमिटेडको १० प्रतिशत र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४.४५ प्रतिशत शेयर स्वामित्व रहेको छ। शेयर स्वामित्वसँगै सञ्चालक समितिमा प्रतिनिधित्व रहेकाले यी संस्थाहरू सम्बद्ध पक्षका रूपमा सूचीकृत गरिएको कोषले स्पष्ट पारेको छ।

    सञ्चालक समितिका सबै सदस्य गैर–कार्यकारी रहेका र बैठक भत्ताबाहेक अन्य कुनै पारिश्रमिक नलिने व्यवस्था रहेको छ। अध्यक्ष तथा सदस्यलाई प्रत्येक बैठकमा चार हजार रुपैयाँ भत्ता प्रदान गरिएको छ भने आर्थिक वर्ष २०८१/८२ मा कुल बैठक भत्ताबापत १३ लाख ५८ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको छ। सोही अवधिमा कार्यकारी निर्देशकलाई २५ लाख ८४ हजार ४ सय ७५ रुपैयाँ र चार जना निर्देशकलाई १ करोड २८ लाख ७३ हजार ४ सय ७९ रुपैयाँ तलब, भत्ता, बोनस तथा सुविधाका रूपमा भुक्तानी गरिएको छ। साथै, योजनाको प्रबन्धन वापत आर्थिक वर्ष २०८१/८२ मा कोषले १ अर्ब ७० करोड २३ लाख ५५ हजार १ सय ७९ रुपैयाँ व्यवस्थापन शुल्क आर्जन गरेको जनाएको छ।
    नागरिक लगानी कोषले सञ्चालनमा रहेका विभिन्न योजनाअनुसार लिइएको व्यवस्थापन शुल्क तथा कर्मचारीलाई प्रदान गरिएको ऋण र सापटीसम्बन्धी विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले कोषको आम्दानी संरचना, योजना व्यवस्थापनको अवस्था र कर्मचारी लाभसम्बन्धी नीतिगत अभ्यासलाई स्पष्ट पारेको छ।

    कोषले राष्ट्र सेवक कर्मचारीको सावधिक जीवन बीमा कोष, नागरिक पेन्सन योजना, नार्क बीमा कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता अवकाश कोष, कर्मचारी बचत वृद्धि अवकाश कोष र नागरिक एकांक योजनामार्फत व्यवस्थापन शुल्क आर्जन गरेको छ। यी योजनामध्ये सबैभन्दा बढी व्यवस्थापन शुल्क उपदान तथा पेन्सन योजनाबाट प्राप्त भएको छ, जसको हिस्सा कुल व्यवस्थापन शुल्कको करिब ६० प्रतिशतभन्दा बढी रहेको छ।

    आर्थिक वर्ष २०८१/८२ मा विभिन्न योजनाबाट प्राप्त कुल व्यवस्थापन शुल्क १ अर्ब ७० करोड २३ लाख ५५ हजार १ सय ७९ रुपैयाँ पुगेको छ। योजनाअनुसार व्यवस्थापन शुल्कको प्रतिशत ०.०५ प्रतिशतदेखि २८ प्रतिशतसम्म फरक–फरक रहेको देखिन्छ, जसले योजनाको आकार र व्यवस्थापन खर्चको प्रकृतिलाई प्रतिबिम्बित गर्दछ।

    यसैगरी कोषले आफ्ना कर्मचारीहरूलाई घर कर्जा, सवारी साधन कर्जा तथा सामाजिक सुरक्षा कर्जा शीर्षकअन्तर्गत ऋण तथा सापटी प्रदान गरेको छ। यी ऋणहरू अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड अनुरूप प्रारम्भिक रूपमा उचित मूल्यमा मापन गरिएको र त्यसपछिका अवधिमा प्रभावकारी व्याज दर विधिबाट परिशोधित लागतमा वित्तीय विवरणमा समावेश गरिएको कोषले जनाएको छ।

    बजार व्याज दरभन्दा कम दरमा प्रदान गरिएका कर्मचारी ऋणको हकमा ऋणको नाममात्र रकम र उचित मूल्यबीचको अन्तरलाई कर्मचारी लाभ खर्चका रूपमा नाफा–नोक्सान खातामा देखाइएको छ। विवरणअनुसार घर कर्जातर्फ २२ करोड ६९ लाख रुपैयाँ, सवारी साधन कर्जातर्फ १ करोड २ लाख रुपैयाँ र सामाजिक सुरक्षा कर्जातर्फ ७ करोड २५ लाख ९६ हजार ९ सय ४ रुपैयाँ प्रवाह गरिएको छ। कुल कर्मचारी ऋण तथा सापटी रकम ११ करोड ८ लाख ५८ हजार ३ सय रुपैयाँ पुगेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    ११ घण्टा अघि

  • २

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    ११ घण्टा अघि

  • ३

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    १४ घण्टा अघि

  • ४

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    १४ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    १४ घण्टा अघि

  • ६

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    १५ घण्टा अघि

  • ७

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    १६ घण्टा अघि

  • ८

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    १६ घण्टा अघि

  • ९

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    १७ घण्टा अघि

  • १०

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    १७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution