२०८० आश्विन १४, आईतबार
रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेका छन् । रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेसँगै युक्रेनी सीमामा तनाव बढेको छ ।दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका सबै नेपाली नागरिकलाई घटनाक्रमको मूल्याकंन गरी स्वदेश फर्कन अनुरोध गरेको छ ।
युक्रेन मामिलासमेत हेर्दै आएको बर्लिनस्थित नेपाली राजदूतावासको सम्पर्कमा ३८ भन्दा बढी नेपाली नागरिक सम्पर्कमा रहेको र सबै सकुशल रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले आवश्यक परेमा बर्लिनस्थित राजदूतावासकी तृतीय सचिव सहारा चौलागाईं र मस्कोमा रहेका कार्यवाहक राजदूत सुशील घिमिरेलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे