२०८० आश्विन १२, शुक्रबार
सहरी विकासमन्त्री रामकुमार झाँक्रीले नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । आजको महंगी हाम्रो नियन्त्रणमा छैन मन्त्री रामकुमार झाँक्रीले बताएकी छन्।। आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन। खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महंगी बढेको हो,’ उनले बताइन्।
अब एक निर्माण व्यवसायीलाई एकपटकमा पाँचवटा आयोजनामात्र दिने गरी कानुन संशोधनन गरिएको उनले बताइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे