२०८० मंसिर १७, आईतबार
काठमाडौँ, २३ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले विचौलियालाई छेउामा पनि आउन नदिएको बताएका छन् । प्रतिनिधिसभामा बजेटमार्फत लिइएका कर नीतिमा चलखेलको आरोप लागेपछि अर्थमन्त्री डा. महतले बिचौलिया छेउछाउ समेत आउन नपाएको बताएका हुन् ।
विचौलियालाई छेउमा पनि आउन दिएको छैन,’ उनले भने, ‘विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ । हामी त्यसलाई सत्यता ठान्छौँ । तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ ।’
बजेट बनाउनुअघि अधिकांश निजी क्षेत्रको सुझाव र सल्लाह समेटेर आर्थिक विधेयक बनाएको समेत उनको भनाई छ । निजी क्षेत्रको सुझाव सुनेर समग्ररुपमा विश्लेषण गर्दै जरोमा पुगेर करको दर वैज्ञानिक बनाएको अर्थमन्त्रीले बताए ।
आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गर्दै अर्थमन्त्री महतले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको बताए ।
उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।’ इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ भन्ने अहिले देखिएको उनको भनाई छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे