२०८१ श्रावण १२, शनिबार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )को केन्द्रीय समितिको बैठक आज बस्दै छ । आज ११ बजे बस्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी रहेको छ ।आजको बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । त्यसपछि पार्टी पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।
केन्द्रीय समिति बैठक अघि पार्टी अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त छन् । माओवादीको केन्द्रीय समिति बैठक गत शुक्रबारदेखि सुरु भए पनि गृहकार्य गर्नका लागि भन्दै शनिबारको दिन बैठक स्थगित गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे