
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको हालैको निर्देशनप्रति कडा असन्तुष्टि जनाएका छन्। उनका अनुसार प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुम्बासी बस्ती छिट्टै खाली गराउन आदेश दिएका छन्, जसलाई उनले सरकारको वास्तविक चरित्र देखाउने कदम भनेका छन्। बस्नेतले यो निर्णय गरिब र सुकुम्बासीविरुद्धको कदम भएको आरोप लगाए। उनले केही समयअघि चुनावका बेला रवि लामिछानेले सुकुम्बासीको पक्षमा बोलेको कुरा स्मरण गराउँदै अहिले त्यस्ता प्रतिबद्धता पूरा नभएको बताएका छन्।
उनले सरकारलाई प्रश्न गर्दै सुकुम्बासीलाई हटाउने कि व्यवस्थित गर्ने भन्ने स्पष्ट नीति आवश्यक भएको बताए। साथै, सडक विस्तार र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयलाई विस्थापित गरिनु गलत भएको उनको भनाइ छ। भन्सारमा कडाइ गरेर गरिबको दैनिक जीवन झन् कठिन बनाइएको पनि उनले आरोप लगाए। बस्नेतले सरकारका अन्य निर्णयहरू पनि लोकतान्त्रिक नभएको दाबी गर्दै यसले अधिनायकवादी सोच देखाएको बताए। अन्त्यमा उनले यस्तो जनविरोधी नीति जारी रहे जनताले चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे