
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा उनले आफ्नो सरकारको पक्षमा बहुमत रहेको पुष्टि गर्न विश्वासको मत माग्नेछन् ।
जनमत पार्टीले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।
हाल मधेश प्रदेश सभामा १०२ सदस्य छन् । सरकार टिकाउन ५२ सदस्यको समर्थन आवश्यक पर्छ । अहिले भने नेपाली कांग्रेस, जसपा नेपाल र नेकपासहित सरकारसँग ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे