
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य २१ जेठभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठक सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलको सभापतित्वमा बसेको थियो । समितिले क्रियाशील सदस्यले मोबाइलमार्फत अनलाइन फारम भरेर अद्यावधिक गर्न सकिने व्यवस्था गरेको छ । समस्यामा परेमा ९७०१२५५५५५ मा एआई साथीबाट र डिजिटल सहायता केन्द्रका ९७१२०५६३५१ र ९७१२०५६३५२ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
अद्यावधिक नगर्ने र एनसी आईडी नलिने सदस्यले १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने बताइएको छ । पार्टीले सदस्यता प्रणालीलाई डिजिटल बनाउँदै पारदर्शी र सहज बनाउन खोजेको जनाएको छ । सबै कार्य तोकिएको समयमै पूरा गर्न निर्देशन पनि दिइएको छ । यस निर्णयपछि सबै जिल्ला समितिलाई सदस्यता अद्यावधिक कार्य तीव्र बनाउन आग्रह गरिएको छ । पार्टी नेतृत्वले समयसीमा पालना नगरे संगठनात्मक प्रक्रियामा समस्या आउन सक्ने चेतावनी दिएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे