
काठमाडौं । सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावका आधारमा विभिन्न मुलुकमा कार्यरत अवैतनिक कन्सुलर जनरल तथा कन्सुलरहरूको जिम्मेवारी समाप्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
सरकारका अनुसार पदमुक्त गरिएका व्यक्तिहरू विभिन्न देशमा नेपालको अवैतनिक प्रतिनिधिका रूपमा कार्यरत रहेका थिए । मन्त्रिपरिषद्को निर्णयसँगै उनीहरूको औपचारिक जिम्मेवारी समाप्त भएको जनाइएको छ ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते अपराह्न ४ बजे बस्ने सङ्घीय संसद् बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । सरकारले संसद् अधिवेशनलाई सम्बोधन गर्न राष्ट्रपतिसमक्ष औपचारिक आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।
सरकारले संवैधानिक र संसदीय प्रक्रियाअनुसार आवश्यक निर्णयहरूलाई अघि बढाइएको स्पष्ट पारेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे