
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्यामा परेका सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न थालेको छ । समितिले हालसम्म १० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरेको जनाएको छ ।
समितिले सम्बन्धित ऋणीलाई छिट्टै कार्यालयमा सम्पर्क गरेर ऋण तिर्न आग्रह गरेको छ । तोकिएको समयभित्र ऋण नतिरे कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।
समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम पनि क्रमशः सार्वजनिक गरिनेछ ।
आज घेदुङ, हाम्रो सगरमाथा, तपाईँ हाम्रो, नागरिक कल्याण, आइडियल यमुना, तुलसी, नेपाल वित्तीय, ओरियन्टल कोअपरेटिभ, गौतम श्री र नेपाल सहकारी वित्तीयका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको समितिले जनाएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे