२०८० आश्विन १२, शुक्रबार
काठमाडौं । ग्लोबल आईएमई बैंकले बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आईएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा एक लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतीमा परिणत हुने सुविधा रहेको छ ।
यस बचत खाताको समयावधि ग्राहकहरूको इच्छाअनुसार एकदेखि पाँच वर्षसम्मको रहनेछ भने मुद्दतीमा परिणत भएको रकमको बैंकले मुद्दती खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुने जनाएको छ । यस्तै, यो बचत खातावाल ग्राहकहरूलाई एक वर्षसम्मको लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क दिइने बैंकले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे