२०८० आश्विन १४, आईतबार
प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसमक्ष एमसीसीसँग भएको सम्झौता अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए ।
बालुवाटारमा हिजो साँझ भएको भेटवार्तामा अध्यक्ष ओलीले एमालेले ६ महिनादेखि कुनै पनि संसदीय प्रक्रियामा सहभागी नभएको कारण आफ्नो माग पूरा नभए सम्म सहयोग नहुन नसक्ने बताए।भेटवार्ता अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे