
काठमाडौँ – सर्वोच्च अदालतमा महान्यायाधिवक्ता डा. नारायण दत्त कँडेलको नियुक्तिबारे प्रश्न उठाउँदै दायर गरिएका तीन वटा रिटमा आज सुनुवाइ हुने भएको छ। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार यस विषयमा बिहीबार बहस हुने तय भएको हो।
अधिवक्ता माधव बस्नेत, दिपकराज जोशीलगायतले कँडेलको नियुक्ति कानुनी रूपमा ठीक नभएको भन्दै रिट दायर गरेका हुन्। उनीहरूको दाबी अनुसार महान्यायाधिवक्ता बन्न कम्तीमा १५ वर्ष कानुन व्यवसाय गरेको अनुभव आवश्यक हुन्छ, तर कँडेलसँग त्यस्तो अनुभव नभएको आरोप लगाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गत चैत २२ गते कँडेललाई उक्त पदमा नियुक्त गरेका थिए। रिटमा योग्य नभएको व्यक्तिलाई महत्त्वपूर्ण पदमा राखिएको भन्दै नियुक्ति खारेज गर्न माग गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे