२०८० आश्विन १४, आईतबार
आज स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन , आकस्मिक भवन र कोभिड–१९ उपचार भवनको शिलान्यास गर्नुभएको छ । भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले एमसीसीमा संसदको बहुमतले जे निर्णय दिन्छ त्यही स्वीकार हुने बताए ।त्यहीँ क्रममा संसदको बहुमतले जे निर्णय हुन्छ त्यही स्वीकार हुने र संसदमा बहस छलफलका लागि गएको बताउनुभयो ।
चाहे कुनै दल होस् वा संघ संस्था अन्तिम निर्णय गर्ने तरिका बहुमतको निर्णय मान्ने हो उहाँको भनाइ थियो । एमसीसी सम्झौताका विषयमा राजनीतिक दल र सर्वसाधारणमा फरक फरक मत हुनु स्वाभाविक हो ।सन्धि सम्झौताका विषयमा, सरकार र पार्टीहरूले गरेका निर्णयका विषयमा समाज विभाजित हुनु, विभिन्न मत आउनु, पार्टीपिच्छे मत भिन्दै हुनु र नागरिक पिच्छेको राय हुनु अनौठो कुरो होइन मन्त्री विरोध खतिवडाले बताए ा
सबैले आ–आफ्नो मत जाहेर गर्न पाउनु पर्छ । तर, मेरो मत नमान्ने हो भने आगो बालिदिन्छु, मोसो दलिदिन्छु्, आफ्नो मत नमानेको भनेर अर्कोलाई ठोक्ने अधिकार कसैलाई नभएको बतए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे