
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आफू पार्टीको महामन्त्री पदका लागि उम्मेदवारी दिने बताएका छन्। चितवनमा जारी महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले महामन्त्रीमा प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट पारेका हुन्। हाल कुनै पनि लाभको पदमा नरहेका झाका अनुसार पार्टीको नेतृत्वका लागि अनुभवी व्यक्ति आवश्यक छ भन्ने कुरा महाधिवेशन व्यवस्थापनबाट पनि देखिएको छ।
उनले आफूले पार्टीभित्र अहिलेसम्म गरेको कामले महामन्त्रीको जिम्मेवारी पूरा गर्न सक्ने विश्वास व्यक्त गरे। उनले भने, ‘परिणाम जेसुकै आए पनि म महामन्त्रीमा भिड्न तयार छु।’ आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशनमा आज बन्दसत्र चलिरहेको छ। निर्वाचन प्रक्रिया भने भोलिबाट सुरु हुने कार्यतालिका रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे