२०८० आश्विन १४, आईतबार
काठमाडौँ, १३ कार्तिक । नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छिन्।
शुक्रवार सामाजिक सञ्जाल ट्वीटर मार्फत निकोलाले विश्वभरका देशहरुले युक्रेनसँग ऐक्यबद्धता जनाएसँगै नेपालको पनि बलियो समर्थनको लागी प्रधानमन्त्रि देउवालाई आभार प्रकट गरेकी छन् ।
निकोलाले भनेकी छिन्, ‘विश्वभरका देशहरुले युक्रेनसँग ऐक्यबद्धता जनाइरहेको र रुसी आक्रमणको प्रतिरोध गरिरहेको अवस्थामा नेपालको युक्रेनलाई बलियो समर्थन प्रति प्रधानमन्त्री देउवा प्रति आभार।’
निकोलासँगै भेटमा बेलायतका सैनिक अधिकारी पनि सहभागी थिए।
पछिल्लो समय रुस र युक्रेन बढ्दो तनाव चुलीएको छ । रुसले युक्रेनको सिमा पार गरेर आक्रमण गरेर सयौँ युक्रेनी सैनिक मारेको दावी गर्दै आएको छ ।
नेपालले पनि दुबै देशलाई शन्तिपुर्ण बाटो अवलम्बन गर्न अनुरोध गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे