
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनको राजनीति र चुनावबारे टिप्पणी गरेका छन्। उनले गठबन्धनले जनताको मन जित्न गाह्रो हुने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने आशामा हिउँ परेको जस्तो व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले अब अनावश्यक अनुमान नगरी जनतामाझ गएर मत माग्नुपर्ने बेला आएको बताएका छन्।
बास्कोटाले चुनावमा जित्ने वा हार्ने निर्णय जनताले गर्ने भन्दै गठबन्धनका नेताहरूले सोचे जस्तो सजिलै जनताको मन जित्न नसक्ने उल्लेख गरेका छन्। अन्त्यमा उनले राजनीति र चुनावमा ‘म्याच फिक्सिङ’ जस्तो चलखेलको सम्भावना भने सधैं रहिरहने टिप्पणी पनि गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे