२०८० आश्विन १७, बुधबार
काठमाडौंको मण्डिखाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) ले २०२२ जनवरी २२ मा २१ र २२ औ ब्याचको दीक्षान्त समारोह सम्पन्न गर्यो। नागपोखरी नक्सालस्थित द मेरियटमा आयोजना गरिएको दीक्षान्त समारोहमा सरकारी प्रोटोकल लगायत सबै स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरी अभिभावक र आमन्त्रितहरू बिना नै विद्यार्थीहरूको सानो समूहमा सम्पन्न गरिएको थियो ।
गेट कलेज स्वीजरल्यान्डको स्वीस होटल एशोसियशन होटलरी, स्वीसको सम्बन्धनमा स्नातक तहको शिक्षा प्रदान गर्ने एशियाकै पहिलो शैक्षिक प्रतिष्ठान हो ।
नेपालका लागि स्वीस राजदूत एच.ई. सुश्री एलिजाबेथ भोन क्यापलरले विद्यार्थीहरूलाई नेपालमा दिगो र सामुदायिक पर्यटनमा ध्यान दिन प्रोत्साहित गरिएको थियो र उनले नेपालमा पर्यटनका लागि प्रशस्त सम्भावना रहेको बताउनु भएको थियो। डा. जुआन एफ पेरेलोन, हाम्रो सम्बद्ध मदर हाउस इकोले होटेलिएर डे लाउसेनको तर्फबाट, स्नातक विद्यार्थीहरूलाई गल्ती गर्न नडराउन प्रोत्साहित गर्दै हृदयस्पर्शी नोट पठाउनुभयो थियो।समारोहमा कलेजका ११६ जना विद्यार्थी दीक्षित भएका छन् ।
कार्यक्रममा शैक्षिक स्नातक डिग्री प्रदान गर्नुको साथ साथै उत्कृष्ट विद्यार्थीहरूलाई ,डीन मेरिट अवार्ड, गेट गुडविल एम्बेसडर, बेस्ट थीसिस अवार्ड र गेट स्टुडेन्ट आइकन लगाएत विशेष पुरस्कारहरू प्रदान गरिएको थियो।
कार्यक्रममा सम्वोधन गदै विशिष्ट अतिथि परोपकारी र मानवतावादी, आनी छोयोङ्ग डोल्माले जस्तो संकटको समयमा पनि थप दयालु हृदय र उच्च साझा भावनाको आवश्यकता , मानवतालाई जोगाउन र पालनपोषण जस्ता मूल सन्देशको साथ उत्प्रेरण प्रदान गर्नु भएको थियो।
समारोहमा, धेरै मुख्य वक्ताहरू र बोर्ड सदस्यहरू उपस्थित हुन नसके पनि उहाँहरुले डिजिटल नोट पठाउनु भएको थियो यसरी नोट पठाउनेमा एकेडेमिक काउन्सिलका प्रमुख प्रा. पिटर जोन्स, सल्लाहकार समितिका सदस्य डा. काशिराज पाण्डे, सुश्री निकोल विक ठकुरी र अभिभावकको तर्फबाट डा छिरिङ लामा लगायतको सहभागिता रहेको थियो ।
अन्य प्रतिष्ठित अतिथिहरूको तर्फबाट अनुसन्धानकर्ता अध्यक्ष डा. जोन हुम्मेल, नेपालमा डभ्लुु डभ्लु एफ का देशीय प्रतिनिधि डा. घनश्याम गुरुङ र शिक्षाशास्त्रका डीन डा. जीवकराज बज्राचार्य उपस्थित हुनु भएको थियो।
कलेजले १ दशकदेखि नेपालमा अन्तरराष्ट्रिय स्तरको होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि आनी छोयोङ्ग डोल्माले आतिथ्य सत्कारसँग सम्बन्धित जनशक्तिले आफूलाई जुनसुकै भूमिकामा सक्रिय बनाउन सके सफलता हासिल गर्न सक्ने धारणा राखेका थिए । यसैगरी प्राध्यापक डा. जीवकराज बज्राचार्यले शीपयुक्त जनशक्ति उत्पादनका लागि गेट कलेजको योगदानबारे चर्चा गरे । कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले सानो देश हुँदैमा कम अवसर हुन्छ भन्ने कुरालाई स्वीजरल्यान्डले गलत साबित गरिदिएको उल्लेख गर्दै स्वीजरल्यान्डले जस्तै नेपालले पनि जनशक्ति विकासलाई नै मुख्य ध्यान दिनुपर्नेमा जोड दिए । समुद्रसँग नजोडिएको र तेलको खानी नभएको स्वीजरल्यान्डले मानव जनशक्तिको विकास गरी मुलुकलाई समृद्ध बनाएको चर्चा गर्दै नेपालले पनि मानव जनशक्ति विकासमा जोड दिर्नुपर्ने बताए ।
कार्यक्रमको शुरुमा अतिथि र विद्यार्थीहरूलाई स्वागत गर्दै,बेकरी बुक विमोचन,श्री खेम लकाई, डा. जोन हुम्मेल र डा. जीवकराज बज्राचार्य लगायतबाट मुल सन्देश हुदै प्रमुख अतिथि आनी छोयोङ्ग डोल्माले अन्तिम मनतव्य दिनुभएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे