
काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्दको विरोधमा जेन–जी पुस्ताको विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ। सोमबार बिहान ९ बजेदेखि काठमाडौँको माइतीघरमा भेला भएर उनीहरूले प्रदर्शन गरिरहेका छन्। भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा ९जेन जी०हरुले प्रदर्शन सुरु गरेका छन् । उनीहरु स्वतस्स्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा युवाहरू स्कुल, कलेजकै पोशाकमा समेत देखिएका छन् । उनीहरूले भिन्दाभिन्दै प्लेकार्डहरू बोकेका छन् ।
त्यसमा आफ्ना माग र असन्तुष्टिहरू व्यक्त गरेका छन् । घूस खानेलाई लगआउट, आवर फ्युचर इज नट फर सेल अर्थात भ्रष्टाचारमुक्त राष्ट्र, समृद्ध राष्ट्र, से नट टु करुप्सन, से एस टु इन्टेग्रिटी ,भ्रष्टाचारलाई बहिष्कार गरौँ, इमान्दारीलाई अपनाऔँ जस्ता नाराहरू छन् । जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। भ्रष्टाचारविरुद्ध हुन लागेको यो प्रदर्शनको सुरक्षाको लागि प्रहरीले विशेष रणनीति बनाएको छ।
निषेधित क्षेत्रमा प्रवेश नगर्ने गरी माइतीघरदेखि बानेश्वरसम्मको बीच सडकमा प्रदर्शन अनुमति दिएको प्रशासनले माइतीघर आसपास र नयाँ बानेश्वरस्थित संसद् भवन वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।सामाजिक सञ्जाल बन्दविरुद् कावासोतीमा , बुटवल , दाङको घोराहीमा पनि युवाहरूले प्रदर्शन गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे