२०८१ श्रावण १२, शनिबार
काठमाडौँ, ४ जेठ । साताको अन्तिम कारोबारको दिन सुनचाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैंयालेर १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।
त्यसैगरी आज चाँदीको मूल्यमा ५ रुपैंयाले घटेर १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे