२०८० मंसिर १७, आईतबार
काठमाडौँ, १९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी हित विपरीतका गरेका निर्णय अब सहेर बस्न नसक्ने बताएका छन् ।
प्रेस युनियन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरु आफूलाई सैह्य नहुने बताएका हुन् ।
महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभुत मान्यता विपरित रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताउनुभएको हो ।
उहाँले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान समेत गर्नुभयो ।
महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरु आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटकपटक दोहो¥याउनु भयो । कांग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उहाँको भनाई थियो ।
महामन्त्री थापाले भने, ‘केही दिन बीचमा नेपाली काँग्रेस संलग्न भएको सरकारले केही गम्भिर, महत्वपूर्ण दीर्घकालीन महत्वको र जनचासोको निर्णयहरु ग¥यो। एउटा निर्णय आममाफीको विषयमा। जसको बारेमा साथीले चर्चा गर्नुभयो। एउटा निर्णय नागरिकताको विषयमा। एउटा निर्णय प्रदेश सरकारमा काँग्रेसको सहभागिता, सहभागिताको लागि भएको मन्त्रालय पनि तोडफोड गर्ने विषयको सन्दर्भमा। एउटा निर्णय सरकारले ग¥यो भर्खर सांसद विकास कोषको सन्दर्भमा। यस्ता कैयन विषयहरु छन्। जुन विषयहरु मैले लङ लिस्ट भन्नसक्छु। यी सबै विषयहरुका सन्दर्भमा नेपाली काँग्रेसको पार्टी सभापतिले, मुख्य नेतृत्वले एक्लै गर्नु भएको निर्णयहरु हो। यो निर्णय मैले तपाई भन्दा पछाडि थाहा पाएको हुँ। किनकी पहिला तपाईले थाहा पाउनुभयो। तपाईले बाहिर सम्प्रेषित गर्नुभयो। र, मैले त्यसलाई सुने। अब मैले बदल्ने भनेको यो परिपार्टी गएको एक, डेढ वर्षदेखि चल्दै आएको छ। आजको दिनसम्म चल्यो। मैले यसलाई सहँदै आएँ। मैले यसलाई मान्दै आएँ। किन मान्दै आए भने सभापति हो, सभापति बहुमतमा हुनुहुन्छ। सभापतिले गर्नुहुन्छ, सभापतिले कुनै न कुनै दिन गर्नुहोला, मिलाउनु होला भन्ने भयो। मैले बदल्ने भनेको मैले नसहनुपर्ने कुरा सहेको हुनाले अब म सहन्न भन्ने कुरा मैले आफूलाई बदल्ने हो। मैले मान्दिन भन्ने कुरा बदल्ने हो। जुन कुराले पार्टीको हित गरिरहेको छैन। पार्टीको अहिले गरिरहेको कुरा, पार्टीको आधारभुत मान्यतासँग बाँझिने गरी गरिएका जुन निर्णयहरु छन्। ती निर्णयहरुको भारी प्रकारान्तरले हामी पार्टीका तमाम सदस्यरुले बोक्नुपर्ने जुन स्थिति बनेको छ।’
महामन्त्री थापाले पार्टीलाई ‘दाई’हरुको पार्टीको रुपमा नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा समेत गर्नुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे